वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
रुपन्देही - बुटवलमा २ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको सैनामैना ११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज बिहान ज्यान गएको हो ।
यस्तै बुटवलको सामुदायिक मुटु अस्पतालमा उपचाररत प्यूठानको स्वर्गद्धारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको पनि गएराति ज्यान गएको छ । १० गते भर्ना भएका पुरुषमा १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै चितवनमा थप एकजना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
चितवन मेडिकल कलेजमा उपचारत भरतपुर महानगरपालिका ११ की ४० वर्षीया महिलाको गएराति एकबजेतिर ज्यान गएको हो । योसँगै चितवनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।