कोरोनाको सङ्क्रमणका कारण विश्वमा सात हजार स्वास्थ्यकर्मीको ज्यान गयो

 भदौ १९, २०७७ शुक्रबार ६:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एमनेस्टी इन्टरनेशनलले कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा अहिलेसम्म सात हजार स्वास्थ्यकर्मीको ज्यान गएको जनाएको छ । 

सबैभन्दा धेरै मेक्सिकोमा स्वास्थ्यकर्मीको ज्यान गएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । मेक्सिकोमा अहिलेसम्म एक हजार ३ सय २० जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । 

मेक्सिको पछि अमेरिकामा एक हजार ७७ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । यस्तै बेलायतमा ६ सय ४९ र ब्राजिलमा ६ सय ३४ स्वास्थ्यकर्मीको ज्यान गएको एमनेस्टीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै भारत र दक्षिण अफ्रिकामा पनि स्वास्थ्यकर्मी जोखिममा परेका छन् ।

अहिलेसम्म भारतमा ५ सय ७३ र दक्षिण अफ्रिकामा २ सय ४० जनाको ज्यान गएको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीकै ज्यान जानुले समस्या थप बढ्दै जाने देखिएको पनि एमनेस्टीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया