बालबालिकामा पेट दुख्नु, झाडापखाला र बान्ता हुनु कोरोनाको लक्षण : अध्ययन

 भदौ १९, २०७७ शुक्रबार ६:५६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको महामारी झन् फैलिँदै गएपछि वैज्ञानिकले यसबारे अनुसन्धान बढाएका छन् । कोरोना भाइरसबारे विभिन्न देशले अनुसन्धान गरिरहेका छन् । 

यसै क्रममा बेलायतले गरेको एउटा अनुसन्धानले बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा  बान्ता भए उनीहरुमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने देखाएको छ ।

क्विन्स युनिभर्सिटी बेलफास्टको टोलीले गरेको अनुसन्धानमा बालबालिकालाई पेट दुखेमा त्यो कारोना भाइरसको लक्षण भएको हुन सक्ने पाइएको हो ।

झण्डै एक हजार बालबालिकामा गरिएको अनुसन्धानपछि वैज्ञानिकले यस्तो बताएका हुन् । उनीहरुका अनुसार अनुसन्धानमा सहभागी ९ सय ९२ बालबालिकामध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । त्यसमध्ये १३ जनालाई पेट दुखेको, झाडापखाला र बान्ता भएको पाइएको छ । 

यस्तै ज्वरो, रुघाखोकी, गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको बेलायतले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया