सर्लाहीका किसानले उखु मिलबाट २४ करोड रुपैयाँ अझै  पाएनन्

 भदौ २२, २०७७ सोमबार १३:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही - सर्लाहीमा किसानले उखु बिक्री गरेबापत झण्डै २४ करोड रुपैयाँ अझै पाएका छैनन् । 

धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले किसानलाई २४ करोड रुपैयाँ भुक्तानी दिन  बाँकी रहेको उखु उत्पादक किसानको गुनासो छ । 

उखुको बक्यौता रकम नपाएको भन्दै गएको पुसमा काठमाण्डौमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो ।

पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि अन्नपूर्ण चिनी मिलले दिएको छैन । 

आफूहरु काठमाण्डौ गएर धर्नामा बस्दा माग सुनेजस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको महिनाथपुरका किसान रामप्रताप महतोले बताउनुभयो । 

विगतका वर्षको भुक्तानी दिन नसकेर गएको वर्ष मुख्य सिजनमा पनि अन्नपूर्ण चिनी मिल सञ्चालन भएको छैन् । आफूहरुको घर व्यवहार चलाउन पनि समस्या भइरहेको किसानको गुनासो छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया