एकैदिन १७३६ जना डिस्चार्ज, ९७९ जनामा काेराेना पुष्टि

 भदौ २२, २०७७ सोमबार १६:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेकाे छ । गएको २४ घण्टामा नाै सय ७९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा नाै हजार दुई सय १८ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै सय ७९ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।  

अब नेपालमा १७ हजार दुई सय ५९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ३९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २६, २०७७

तपाईको प्रतिक्रिया