नवलपरासीमा ट्राफिक सचेतनाका लागि ‘स्लो मोटरसाईकल रेस’
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएसँगै मृतकको कुल सङ्ख्या तीन सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १, प्रदेश २, वाग्मी, गण्डकी र प्रदेश ५ मा कोरोनाका सङ्क्रमितको ज्यान गएको हो । ज्यान गुमाउनेमध्ये चार जना महिला र सात जना पुरुष छन् ।
मोरङका ७६ वर्षीय पुरुष, सिरहाका ६२ र ८७ वर्षीय पुरुषले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका हुन् । त्यस्तै सर्लाहीका ३५ वर्षीय र दोलखाका ६९ वर्षीय पुरुषको ज्यान गएको हो ।
मकवानपुरका ३९ वर्षीय पुरुष, काठमाण्डौका ३७, ८३ र ९० वर्षीया महिलाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कास्कीका ६३ वर्षीया महिला र बाँकेका ५९ वर्षीय पुरुषको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।