रुसका विपक्षी नेता तथा पुटिनका आलाेचक नाभाल्नी 'काेमा' बाहिर

 भदौ २२, २०७७ सोमबार २०:६:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रूसका विपक्षी नेता एलेक्सी नाभाल्नी काेमाबाट बाहिर आउनुभएकाे छ । डाक्टरहरुका अनुसार नाभाल्नीकाे स्वास्थ्य अवस्था सुधार भइरहेकाे छ । 

नाभाल्नीलाई 'नाेभिचाेक नर्भ एजेन्ट' नामकाे विष खान दिएर ज्यान लिने काेसिस भएकाे थियाे । उहाँकाे जर्मनीकाे राजधानी बर्लिनमा रहेकाे एक अस्पतालमा उपचार भइरहेकाे छ । 

४४ वर्षीय नाभाल्नीकाे पछिल्लाे महिना साइबेरियाबाट मस्काे उड्दै गर्दा स्वास्थ्य खराब भएकाे थियाे, जसका कारण विमान रुसकाे ओम्क्स शहरमा आपत्कालीन अवतरण गर्नुपरेकाे थियाे । 

एलेक्सी नाभाल्नीले गएको वर्षको जुलाईमा पनि आफूलाई कसैले विष दिएको हुन सक्ने बताउनुभएको थियो । उहाँलाई प्रहरी हिरासतमा राखिएको थियो र एक रहस्यमय एलर्जीको प्रतिक्रिया भएको बताइएको थियो । 

एलेक्सी नाभाल्नी विपक्षी नेता मात्रै नभएर पुटिनकाे आलाेचककाे रुपमा पनि चिनिन्छन् । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया