थारु समुदाय घर-घरमै जितिया पर्व मनाउँदै, सामूहिक नाचगान र भोजभतेरमा रोक

 भदौ २५, २०७७ बिहीबार ७:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जितिया पर्व सुरु भएको छ । तीन दिन मनाइने जितियाको पहिलो दिन नदीमा जाने र माछा मारेर ल्याउने गरिन्छ । 

दोस्रो दिन स्नान गर्ने र जितवाहनको पूजा गर्ने तथा तेस्रो दिन समापन गर्ने गरिन्छ । थारु समुदायको परम्परागत पहिरनमा सजिएर सामूहिक रुपमा झाम्टा नाच्दै जितिया मनाउने गरिएकोमा यो वर्ष कुनै रौनक छैन । 

जितिया अन्तर्गत आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु नदी, तलाउ वा पोखरीमा पुगेर स्नान गरी सूर्यदेवलाई जलर्पण गरेर पर्वको सङ्कल्प गर्छन् । घिरौंँलाकाे पातमा पिना, चिउरा र दही राखेर जिमूतवाहनलाई अर्पण गरी पर्व सुरु भएको हो । 

अष्टमी तिथिमा निराहार व्रत हुन्छ । त्यसअघि अन्न र  फलफूल ग्रहण गरिन्छ, जसलाई ‘ओठघन’ भनिन्छ । यसपल्ट तिथि हेरफेर भएकाले व्रतालुले ओठघन गर्न पाएका छैनन् । आज ओठघन गर्न नियमले नपाइने पण्डित विमल झाले बताउनुभयो । 

नवमी तिथिमा पूजापाठ गरेर पर्व समापन हुन्छ । व्रतालु यसपल्ट ३३ घण्टासम्म उपवासमा बस्ने भएका छन् । यसवर्ष कोरोना महामारीका कारण घरघरमै जितिया पर्व मनाइँदै छ । सामूहिक नाचगान र भोजभतेरमा भने रोक लगाएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाउने जितिया जस्ता पर्वले एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेको समेत बताउनुभयो । 

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानी पूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको भन्दै उहाँले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वान समेत गर्नुभएको छ  ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया