भोजपुरमा लकडाउन सुरु, उल्लङ्घन गरे कारबाही

 भदौ २५, २०७७ बिहीबार ११:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर - भोजपुरमा आजदेखि पुनः लकडाउन सुरु भएको छ ।

कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको भन्दै हप्ता लकडाउन गर्ने निर्णय भएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र भोजपुरको बैठकले जिल्ला भरका खाद्यान्न र तरकारी पसल दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोल्न पाउने गरी एक हप्ता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । 

लकडाउनका बेला अत्यावश्यक कामबाहेक जिल्लाभर भीडभाड हुने क्षेत्रसहित बजार, होटल, यातायात तथा सीमा क्षेत्र बन्द गरिएको छ । हिजो भोजपुरको षडानन्द नगरपालिकामा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया