श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको छ ।
त्यस्ता व्यक्तिले १४ दिन क्वरेण्टीनमा बस्दा आफैले सम्पूर्ण खर्च बेहाेर्नुपर्ने मन्त्रालयले जनाएकाे छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
१४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएमा भने पीसीआर परीक्षण गर्नुपर्ने छैन । यस्तै ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने मन्त्रालयले जनाएको छ ।
गएकाे २४ घण्टामा एक हजार दुई सय ४६ जनामा सङ्क्रमण देखिएसँगै नेपालमा सङ्क्रमितकाेे कुल सङ्ख्या ५० हजार नाघेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।