सीमाको तनाव घटाउन भारत र चीनबीच पाँच बुँदे सहमति

 भदौ २६, २०७७ शुक्रबार ८:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सीमा क्षेत्रको तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति भएको छ । 

लद्दाखको भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भइरहेको तनाव कम गर्न पाँच बुँदे सहमति भएको बीबीसीले जनाएको छ । 

भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्री वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको खबरमा उल्लेख छ । 

बैठकमा भएका सहमतिहरु भने सार्वजनिक गरेका छैनन् । बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको बताउनुभएको बीबीसीले जनाएको छ । 

चिनियाँ विदेश मन्त्रालयले पनि दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको बताएको छ । सीमा क्षेत्रमा गोली नचलाउने सहमति भए पनि गएको हप्ता सीमा क्षेत्रमा गोली समेत चलेको खबरहरु सार्वजनिक भएका थिए ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया