पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नम्वर २ भद्रीखोला निवासी २५ वर्षीय पुनम वादी (पासवान) जिल्ला अस्पतालको प्रसुती वार्डमा अलपत्र अवस्थामा हुनुहुन्छ । उहाँसँग नागरिकता पनि छैन । बस्ने बास र खाने अन्न पनि छैन ।
श्रीमानको हत्या भएपछि उहाँलाई अरुले सहयोग गरेर अस्पतालमा भर्ना गरेका हुन् ।
११ वर्षअघि उहाँले १४ वर्षको कलिलो उमेरमा कपिलवस्तु बहादुरगंज सुरानिया निवासी शंकर पासवानसँग प्रेम विवाह गर्नुभयो । विवाह भएपछि १ छोरा र २ छोरी जन्मिए । पछि श्रीमान शंकरले हेला गर्ने, खान नदिने गर्दै वास्ता गर्न छाडे ।
दाइले भाउजुलाई वास्ता गर्न छाडेको थाहा पाएपछि देवर प्रेम पासवानले भारतबाट केही रकम पठाई दिन थाले । भाउजुलाई चिन्ता नगर्नुस्, छोराछोरी राम्रोसँग पाल्नुहोस् भनेर सम्झाउन थाले ।
मान्छेको मन न हो, त्यो कुरा पुनमको श्रीमानलाई चित्त बुझेन । अनि अनेक शंका गर्न र गाली गर्न थाले । त्यो कुरा छिमेकीले पनि थाहा पाए । दुईपटक गाउँ भेला भयो । गाउँलेले देवरले भाउजुलाई पैसा पठाइदिनु के नराम्रो कुरा भयो भनेर सम्झाए । तर शंकरको मनमा शंकाले जरा गाडिसकेको थियो ।
अन्ततः भारतबाट भाइलाई झिकाएर श्रीमतीलाई समेत घरबाट निकाले । अनि छोराछोरीलाई समेत लिएर पुनम देवरसँगै भारत जानुभयो ।
‘भारत गएर हामी ४, ५ महिनासम्म पवित्र रूपमा देवर भाउजुको रूपमा बस्यौं । यो कुरा कसैले पनि पत्याउन सक्ने अवस्था थिएन’ पुनमले भन्नुभयो, ‘त्यसपछि हामी श्रीमान र श्रीमतीको रूपमा अगाडि बढ्यौं । पछि ती छोराछोरीले दुःख पाएको थाहा पाएर नेपाल फर्कियौं ।’
त्यसपछि उहाँले सन्धिखर्क ५ बलेबाङ खोलामा बालुवा गिट्टिको काम सुरु गर्नुभयो । उहाँका अर्का साइला जेठाजु कृष्ण पनि नजिकै काम गर्थे । पुनमका पहिलाका श्रीमानले सन्धिखर्क १० बिहारको ईंटाभट्टामा काम गर्थे । श्रीमानले मिलेर बस्ने प्रस्ताव गरे । तर त्यो समय अत्यन्तै ढिलो भएको थियो । किनकी पुनमले देवरलाई श्रीमान बनाइसक्नुभएको थियो । पेटमा बच्चा पनि थियो ।
‘मैले उनको प्रस्ताव नमानेपछि उनीहरुले मेरो श्रीमानलाई मारेर मलाई श्रीमती बनाउने मनसाय राखे’ उहाँ भन्नुहुन्छ । नभन्दै २०७४ माघ २५ गते बिहान शंकर र कृष्ण मिलेर प्रेमको हत्या गरे । जोसँग पुनमले सँगै जिन्दगीको यात्रा थाल्नुभएको थियो ।
प्रेमको हत्या गर्ने दुबै दाजुभाइ २० वर्ष कैदको भुक्तानका लागि कारागार चलान भैसकेका छन् । पुनम अहिले १ छोरा र २ छोरीको साथ भद्रीखोलामा भाडा लिएर बस्नुभएको छ । उहाँ घर जान पनि सक्नुहुन्न ।
केही दिनअघि उहाँ बिरामी पर्नुभयो । केही सहयोगीले अस्पताल पुर्याए । जिल्ला अस्पतालबाट हुनसक्ने सबै सुविधा पाउँदा पनि औषधि खरिद, विभिन्न परीक्षणलगायत डेरामा रहेका बालबच्चाको निम्ति समेत व्यवस्थापन गर्नुपर्ने भएकोले उहाँले सहयोगको याचना पनि गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।