वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय

 भदौ २९, २०७७ सोमबार २१:३६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्यको पदमा नेकपा उपाध्यक्ष गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि गौतमलाई नेकपाले राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नु हुनेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • भक्त बहादुर काला मगर

    Sept. 14, 2020, 9:53 p.m.

    तेस्तो मुर्खता नगरौ वहाँ लाई जन्ताले चाहेनन अनि चुनाव हार्नु भयो अनि किन सम्मानिय बनाउने मुर्खता गर्दै हुनुहुन्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया