गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गयाे

 भदौ ३०, २०७७ मंगलबार ८:४२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । 

नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशमा कोरोनाका ९१ जना सङ्क्रमित थपिएका छन् । योसहित गण्डकीमा अहिलेसम्म दुई हजार ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया