काठमाण्डौ उपत्यकामा एकैदिन ६७६ जनामा कोरोना सङ्क्रमण पुष्टि

 भदौ ३०, २०७७ मंगलबार १६:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा ६ सय ७६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये काठमाण्डौका पाँच सय ५५ जना, भक्तपुरका ८६ जना र ललितपुरका ३५ जना रहेका छन् ।

योसँगै काठमाण्डौ जिल्लामा मात्रै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १० हजार पाँच सय ८३ जना पुगेको छ । यस्तै ललितपुरमा १२ सय २५ र भक्तपुरमा ११ सय १८ गरी काठमाण्डौ उपत्यकामा सङ्क्रमित हुनेको कुल सङ्ख्या १२ हजार नौ सय २६ जना पुगेको छ ।

गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकासहित देशैभर एक हजार चार सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५६ हजार सात सय ८८ पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया