अरिङ्गाल पोल्न जाँदा एक जनाको ज्यान गयो, एक घाइते

 भदौ ३१, २०७७ बुधबार १०:५५:३९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङमा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा १ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा रुखको हाँगा भाँचिएर लड्दा ३५ वर्षका अर्जुनबहादुर थापा मगरको ज्यान गएको प्रहरीले जनाएको छ । २४ वर्षका राजवीर गुरुङ घाइते हुनुभएकाे र उहाँको धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया