कोरोना सङ्क्रमणबाट बच्न स्काउटकाे 'एसएमएस' अभियान

 भदौ ३१, २०७७ बुधबार २०:२३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसकाे सङ्क्रमणबाट बच्ने उपायको बारेमा जनचेतना जगाउन विभिन्न संस्था मिलेर काठमाण्डौ उपत्यकामा 'एसएमएस' अभियान चलाइरहेका छन् ।

भदौ २० गतेदेखि सुरु भएको १५ दिने अभियानमा स्काउटका स्वयंसेवकले 'एस' अर्थात् सामाजिक दूरी कायम गर्ने, 'एम' मास्क लगाउने र 'एस' स्यानिजाइजर लगाउन विभिन्न चोक तथा बजारमा जनचेतना फैलाइरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र हिसानको सहकार्य एवं युनिसेफ नेपालको सहयोगमा स्काउटका एक सय जना स्वयंसेवकले काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लामा अभियान चलाइरहेका छन् ।

स्वयंसेवकहरु हरेक दिन बिहान र बेलुका उपत्यकाका भिडभाड हुने ठाउँहरू कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतीदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो तथा भक्तपुरका सबै नगरपालिका लगायतका क्षेत्रमा खटिएका छन् ।

अभियानको १२ औँ दिनसम्म आइपुग्दा झण्डै आठ लाखभन्दा धेरै मानिसहरु लाभान्वित भएका नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दाबी गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया