जुम्लामा अनसनरत डा‍‍. गोविन्द केसीलाई अस्पताल सारियो

 असोज ४, २०७७ आइतबार १२:५६:९ | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएससहितका चिकित्सा क्षेत्रका मागसहित एक हप्तादेखि अनसनरत डाक्टर गोविन्द केसीलाई अस्पताल सारिएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सारिएको हो । गएराति साढे एक बजे अनसनस्थल चन्दननाथ नगरपालिका वडा नम्बर ६ रानीचौर बाबिरा मन्दिर धर्मशालाबाट अस्पताल पुर्याइएको हो । स्वास्थ्यकर्मीको २४ घण्टा निगरानी हुने ठाउँमा पुर्याउनुपर्ने प्रतिवेदनपछि अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।

केसीलाई आईसीयूमा भर्ना गरिए पनि कुनै पनि उपचार गर्न नमानेको उपचारमा खटिएका डाक्टर प्रवीण गिरीले जानकारी दिनुभयो । डाक्टर केसीको मुटुको चाल बढेको, श्वास प्रश्वासमा समस्या बढ्दै गए पनि स्लाइन, अक्सिजन लिन नमानेको उहाँले बताउनुभयो । प्रहरीले अस्पताल ल्याएपछि आफूलाई अपहरण शैलीमा अस्पताल ल्याइएको डाक्टर केसीले प्रतिक्रिया दिनुभएको छ । केसीले चिकित्सा क्षेत्रका विभिन्न मागहरुसहित १९ औ‌ं अनसन सुरु गर्नुभएको हो।

अन्तिम अपडेट: बैशाख १०, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया