गुल्मीको हस्तिचौरमा पहिरो : एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

 असोज ६, २०७७ मंगलबार ९:१४:३९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरको रातचौर, स्यालामा हिजाे राति गएकाे पहिरोमा हराइरहेका एक जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएर बेपत्ता ३८ वर्षका प्रेमबहादुर कुमालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा ५ वर्षका सफल कुमाल हराइरहेका छन् ।

नेपाली सेना, सशस्त्र र प्रहरीको टोलीले खोजी गरिरहेको छ । बाटोमा हिँड्दै गरेको अवस्थामा माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनु भएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया