आज ललितपुरका विभिन्न ठाउँमा एक घण्टा बिजुली नआउने

 असोज १०, २०७७ शनिबार ८:८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज ललितपुरका विभिन्न ठाउँमा एक घण्टा बिजुली नआउने भएकोे छ ।

नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रका अनुसार ललितपुरका ५ फिडरमा लोड तथा परिर्वतन गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म बिजुली जाने भएको हो ।

गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल–२ फिडर, इमाडोल–३ फिडर र लुभु फिडरमा लोड परिर्वतन गर्ने केन्द्रले जनाएको छ । हरिसिद्धि, गोदावरी, हात्तिवन, सरस्वतीटार, ग्वार्को, टिकाथली, लुभु, लामाटार लगाएतका क्षेत्रमा एक घण्टा बिजुली जाने प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया