माटोको ढिस्कोले पुरिँदा स्याङ्जामा एक जनाको ज्यान गयो, दुई जना घाइते

 असोज १३, २०७७ मंगलबार १२:०:३२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुर्दा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

वालिङ ११ पेखुको पनेरगैह्रामा आज बिहान गिटी निकाल्ने क्रममा माथिबाट खसेको माटो ढिस्कोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । माटोले पुरिएर गम्भीर घाइते भएकी वालिङ ११ का ३९ वर्षका दुर्गा थापाको उपचारका क्रममा ज्यान गएको हो ।

घाइते भएपछि थापालाई उपचारका लागि ग्रहौं प्राथमिक अस्पताल लगिएको थियो । माटोले पुरिएर घाइते भएका ३५ वर्षकी मुना थापा र ३१ वर्षका नारायणी सिंजालीको उपचार भइरहेको छ ।

मुनाको खुट्टा भाचिएको ग्रहौं प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: चैत १, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया