बलात्कारकाे घटना राेक्न सरकारले निष्ठापूर्वक काम गरिरहेकाे छ : गृहमन्त्री थापा

 असोज १४, २०७७ बुधबार १६:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना रोक्न सरकारले निष्ठापूर्वक प्रयास गरिरहेको बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले पछिल्लो समय दिनमा औसत छ/सात जना बलात्कृत हुने गरेको देखिएको भन्दै यो समस्या रोक्न पहल भइरहेको बताउनुभएाे हाे । गृहमन्त्री थापाले बलात्कारका घटना रोक्न पीडकको पहिचान तथा कारबाहीलाई सशक्त बनाउनुको साथै कानुनमा केही कमजोरीहरु छन् कि भन्ने विषयमा समेत बहस भइरहेको बताउनुभयो ।

गृहमन्त्री थापाले देशमा बलात्कारका घटना बढे पनि विश्वका अरु देशको अवस्था तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको दाबी गर्नुभयो । विश्वका दुई सय देशको अवस्था तुलना गर्दा नेपालको अवस्था राम्रो भएको तर अहिलेको अवस्था रोक्न पनि सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया