शिक्षण अस्पताल जुम्लामा आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द

 असोज १५, २०७७ बिहिबार १२:३४:५० | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका  निर्देशक डाक्टर अनुपमंगल समालले जानकारी दिनुभयो । उहाँका अनुसार ११ जना प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसँगै अरु बिरामी, बिरामीका आफन्तमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुलाई अस्पतालको आइसोलेशनमा राखिएको र अरु कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको उहाँले जानकारी दिनुभयो । अर्को सूचना नआएसम्म आकस्मिकबाहेकका सेवा बन्द हुने अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया