रसुवागढी नाका आजदेखि एकतर्फी रुपमा सञ्चालनमा आउने

 असोज १५, २०७७ बिहीबार १३:५६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - आइतबारदेखि बन्द भएको रसुवागढी नाका आजदेखि एकतर्फी रुपमा सञ्चालनमा आउने भएको छ । चिनियाँ पक्षले नाकाभन्दा ५ सय मिटर पर गएको पहिरो हटाएर आजदेखि नाका सञ्चालनमा ल्याउने जनाएको छ ।

दुई देशमा अधिकारीहरु बीच हिजो बसेको बैठकले एकतर्फी रुपमा नाका सञ्चालनमा ल्याउने सहमति गरेको हो । सहमति अनुसार आज पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याएर मितेरी पुलमा झार्ने छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तकाअनुसार आउँदो आइतबारदेखि सामग्री आयात बढ्ने छ ।

यसका लागि नेपाली पक्षले सामग्री झार्नका लागि अस्थायी संरचना बनाउने, स्वास्थ्य मापदण्डलाई पूर्ण कार्यान्वयन गर्ने लगायतका कार्य गर्नुपर्ने छ । गएको बुधबारदेखि एकतर्फी रुपमा सञ्चालन भएको नाकामा सामग्री आयात न्यून थियो । आइतबार पहिरो गएपछि चिनियाँ पक्षले आयात रोकेको हो ।

काेराेनाका जोखिमका कारण नेपालमा चिनियाँ सामग्री सिधैं आउँदैन । पहिले चीनको पाङसिङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेका भए पनि अहिले चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर झार्ने गरेका छन् । असोज १८ गतेदेखि भने चिनियाँ गाडीले नेपाली भू-भागमा नै सामग्री झारिदिने छन् ।

मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले गएर ल्याउन पर्ने भएकाले समस्या हुँदै आएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।

यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया