कर्णाली प्रदेश अस्पतालका वरिष्ठ डाक्टरकाे काेराेनाबाट ज्यान गयाे

 असोज १५, २०७७ बिहिबार १७:२५:२३ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक जना डाक्टरकाे कोरोना सङ्क्रमणका कारण बिहीबार ज्यान गएकाे छ । 

कोरोना सङ्क्रमण भएपछि भेरी अस्पतालमा भर्ना हुनुभएका सुर्खेत प्रादेशिक अस्पतालका डाक्टरकाे बिहीबार दिउँसाे ज्यान गएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँ प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थाेपेडिक सर्जनकाे रुपमा कार्यरत हुनुहुन्थ्याे । 

कोरोना सङ्क्रमण भइ गम्भीर बिरामी भएपछि उहाँलाई केही दिनअघि प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको थियो ।  

अन्तिम अपडेट: चैत १, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया