श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ
कात्तिक ३०, २०८१ शुक्रबार
रसुवा - रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको पीसीआर परीक्षण चिनियाँ पक्षले नै गरिदिने भएको छ ।
काेराेनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको ७/७ दिनमा पीसीआर परीक्षण गर्ने भएको हो । नाकामा अहिले चालक र कामदार गरी ४९ जना नेपाली कार्यरत छन् । सुरुमा चिनियाँ पक्षले नेपाललाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो ।
नेपाली पक्षले प्रत्येक हप्ता पीसीआर गर्न सम्भव नभएको बताएपछि चीनले नै पीसीआर गरिदिने बताएको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । रसुवागढी नाकाबाट हिजोदेखि सामग्री आयात सुरु भएको छ ।
चिनियाँ पक्षले नाकाभन्दा ५ सय मिटर पर गएको पहिरो हटाएर नाका सञ्चालनमा ल्याएको हो । नाकाबाट हिजो एक गाडी रोल कपडा र नेपालले बिक्रीका लागि किनेको १४ वटा माइक्रोबस भित्रिएको थियो ।
काेराेनाकाे जोखिमका कारण नेपालमा चिनियाँ सामग्री सिधै आउँदैन । पहिले चीनको पाङसिङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेका भए पनि अहिले चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर झार्ने गरेका छन् ।
पर्सिदेखि भने चिनियाँ गाडीले नेपाली भू-भागमा नै सामग्री झारिदिने छन् । मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले गएर ल्याउन पर्ने भएकाले समस्या हुँदै आएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।
यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।