टोलटोलमा कोरोना नियन्त्रणकाे अभियान चलाउन पालिकाहरुलाई सरकारको आग्रह

 असोज १७, २०७७ शनिबार १८:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य मन्त्रालयले सबै वडाका टोलटोलमा कोरोना नियन्त्रण तथा रोकथाम अभियान सञ्चालन गर्न पालिकाहरुलाई अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले समुदायस्तरमा स्वास्थ्य चेतना अभिवृद्धिका लागि विशेष भूमिका खेलिरहेका महिला स्वास्थ्य स्वयंसेविका तथा पालिका स्तरमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सहभागी गराएर चेतनामुलक अभियान सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

कोरोना महामारी २१औं शताब्दीका लागि कडा चुनौती भएर संसारभरि फैलिरहेको भन्दै डा. गौतमले यसबाट सुरक्षित रहने प्रमुख उपाय खोप भएको बताउनुभयो । तर खोप नआउञ्जेल मास्क लगाउने, दूरी कायम गर्ने, हात धुने तथा स्यानिटाइजर प्रयाग गर्नु नै रहेको भन्दै प्रवक्ता गौतमले टोलटोलमा यो जानकारी पुर्‍याइ सावधानी अपनाउन प्रेरित गर्न स्थानीयस्तरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले स्थानीय स्तरका सबै स्वास्थ्य संस्थाले सामुदायिक स्वास्थ्यका कार्यक्रम बनाउँदा कोरोना सङ्क्रमणबाट बच्ने उपायलाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो । 
 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया