श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा १५ सय ९९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा १३ सय ७३ जना, ललितपुरमा एक सय ८७ जना र भक्तपुरमा ३९ जनामा सङ्क्रमण देखिएको हाे ।
याे सङ्ख्या देशैभर थपिएका सङ्क्रमितमध्ये झण्डै ७१ प्रतिशत हाे । केही हप्तायता काठमाण्डाै उपत्यकामा काेराेना सङ्क्रमण दर बढेसँगै जाेखिम पनि बढेकाे छ ।
गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा १५ सय ९९ सहित देशैभर २२ सय ५३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे हाे । याेसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेकाे छ ।
त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये आइतबारसम्म ६४ हजारभन्दा धेरै डिस्चार्ज भएका छन् । पछिल्लाे २४ घण्टामा एक हजार तीन सय २९ जना निकाे भएर घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।