कलाकार हरिवंश आचार्य दम्पतीलाई काेराेनाकाे सङ्क्रमण

 असोज २०, २०७७ मंगलबार १७:४३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हास्य कलाकार हरिवंश आचार्य र उहाँकी श्रीमती रमिला थापा आचार्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार आचार्यले आफूहरु दुवै जनालाई सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभएको छ ।

उहाँले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी गराउनुभएको छ । यस्तै आचार्यले आफ्नो सम्पर्कमा रहेकालाई पनि परीक्षण गराउन आग्रह गर्नुभएको छ । 

तस्बिर : आचार्यकाे फेसबुकबाट

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया