कर्मचारीमा कोरोना पुष्टि भएपछि एन्फाको कार्यालय तीन दिनका लागि बन्द

 असोज २२, २०७७ बिहीबार १२:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि बन्द गरिएको एन्फाले जनाएको छ । कार्यालय ७२ घण्टासम्म नि-सङ्क्रमण गर्न लागिएको एन्फाले निकालेको सूचनामा उल्लेख छ ।

सङ्क्रमितको सम्पर्कमा आएका कर्मचारीलाई एक हप्ता होम क्वरेण्टीनमा बस्न भनिएको छ ।


 

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया