आइसोलेशनमा नबसे ६ महिना जेल : सरकार

 असोज २३, २०७७ शुक्रबार १६:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमण भएर आइसोलेशनमा नबस्ने मानिसलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय सङ्क्रमित आइसोलेशनमा नबसेर बाहिर निस्किएको वा काममा समेत जाने गरेको सूचना आएको भन्दै त्यस्ता व्यक्तिलाई पक्राउ गरी सङ्क्रामक रोग ऐनअनुसार कारबाही गर्ने बताउनुभयो । 

स्वास्थ्य मन्त्रालयले पक्राउ गरी कारबाहीका लागि गृह मन्त्रालयलाई अनुरोध गरिसकेको भन्दै प्रवक्ता गौतमले कोरोना सङ्क्रमित भएको व्यक्ति आइसोलेशनमा बसे/नबसेको बारेमा जानकारी लिन छिमेकीहरुलाई आग्रह गर्नुभयो । 

एक जना सङ्क्रमित बाहिर निस्कँदा अरु धेरैलाई सङ्क्रमणको जोखिम हुने भएकोले सङ्क्रमित व्यक्ति स्वयं सचेत हुनुपर्ने र व्यक्तिले लापर्वाही गरेमा परिवारका सदस्य तथा छिमेकीहरुले प्रहरीलाई खबर गर्नुपर्ने उहाँले बताउनुभयो । 

यस्तै प्रवक्ता गौतमले पीसीआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेल अनिवार्य क्वरेण्टीनमा बस्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • शिव

    Oct. 9, 2020, 6:02 p.m.

    संक्रमितको नाम र ठेगना गोप्य राखे पछि कसरी छिमेकिले पत्ता लगाउने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया