'योगदान राष्ट्रका लागि' अभियानको औपचारिक घोषणा

 असोज २४, २०७७ शनिबार १४:२१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक कार्यबाट देशमा योगदान दिन सकिन्छ भन्ने उदेश्यका साथ स्थापना भएको संस्था 'योगदान राष्ट्रका लागि' अभियानको औपचारिक घोषणा भएको छ ।

यूएईमा रहँदै आउनुभएका चितवनका ओम उप्रेतीको मुख्य सक्रियता र संयोजकत्वमा स्थापित योगदान राष्ट्रका लागिले देशव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । देशका ७७ वटै जिल्लामा समिति गठन गरिसकेको संस्थाले यसअघि ४६ वटा जिल्लामा निःशुल्क प्राथमिक उपचार अभियान सञ्चालन गरिसकेको छ ।

संस्थाका संस्थापक अध्यक्ष ओम उप्रेतीले यस अभियानमा सहकार्य गर्न र सकेको योगदान दिन सबैमा अपिल गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया