नेपालमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गयो

 असोज २५, २०७७ आइतबार ११:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । 

तीन जना बुटवलका र एक जना तिलोत्तमाका वृद्धवृद्धाको गएराति र आज बिहान ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमकाअनुसार बुटवल ११ की ६१ वर्षकी महिला, बुटवल १ का ७० वर्षका पुरुष, बुटवल ११ का ८४ वर्षका पुरुषको अस्पताल लैजाने क्रममा बाटोमै र रुपन्देही तिलोत्तमा ३ की ६६ वर्षकी महिलाको दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा ज्यान गएको हो ।

यस्तै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन  जनाको ज्यान गएको छ । सुनसरीको दुहवीका ६४ वर्षका पुरुष र धनकुटाकी ६१ वर्षकी महिलाको आज बिहान ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार धरान-८ की एक महिलाको गएराति ज्यान गएको छ । यसैगरी बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकका ८४ वर्षका पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ८ की ७१ वर्षकी महिलाको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै भरतपुर महानगरपालिका वडा नं १ की ७५ वर्षकी वृद्धाको चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भएकी उहाँको अस्ति पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया