स्वास्थ्यकर्मीमा कोरोनाको लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र क्वरेण्टीन बस्न पाउने

 असोज ३०, २०७७ शुक्रबार १४:२३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ ।

यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन लगातारको कामपछि दुई हप्ता क्वरेण्टीन बस्ने गरेका थिए । तर कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुखसमेत रहनुभएका डाक्टर अधिकारीले सबै अस्पतालहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिनुभएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अस्पतालहरु अहिले सङ्क्रमितले भरिएका छन् ।

स्वास्थ्य मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गरेर कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण देखिएमा वा कोरोना पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न पाइने व्यवस्था गरेको हो ।  

अन्तिम अपडेट: कात्तिक २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया