नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षम...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले कोरोना भाइरसको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ ।
सरकारले नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाण्डौ तथा भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको हो ।
कोरोनाको उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएकोले अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डेसिभिर नामक औषधि प्रयोगमा ल्याएको सरकारले जनाएको छ । तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भने रेम्डेसिभिर नामको औषधिले कोरोना सङ्क्रमितको स्वास्थ्यमा कुनै सुधार ल्याउन नसकेको जनाएको छ ।
डब्ल्यूएचओले गरेको अध्ययनमा यो औषधिको कुनै प्रभाव नदेखिएको पाइएको विवरण फाइन्यान्सियल टाइम्सले प्रकाशन गरेको हो ।
११ हजार बिरामीमा प्रयोग गर्दा यो औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको नदेखिएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।