धनकुटा : साँगुरीगढी गाउँपालिकाद्वारा पहिरो पीडितलाई राहत वितरण

 कात्तिक २, २०७७ आइतबार १२:५४:४३ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटाको साँगुरीगढी गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाद्यान्नसहित आर्थिक सहयोग राहत स्वरुप वितरण गरिएको छ ।

 गाउँपालिकाको वडा नं १, २ र ७ का ४१ घरपरिवारलाई खाद्यान्न सामग्रीसहित आर्थिक सहयोग वितरण गरिएको हो । यूएनडीपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र साँगुरीगढी गाउँपालिकाको व्यवस्थापनमा प्रति परिवार ५०/५० किलो चामल, ४/४ लिटर तेल, ३/३ किलो नुन, ३/३ किलो चिनी, ५/५ किलो दाल र २/२ हजार नगद आर्थिक सहयोग प्रदान गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

पहिरो प्रभावित क्षेत्रका परिवार अहिले पनि जोखिम मोलेर बसेका छन् । तमोर कोरिडोरको बाटो बन्न थालेपछि त्यस क्षेत्रमा पहिरो जान थालेको स्थानीयले बताएका छन् । साँगुरीगढी गाउँपालिकामा ४१ घरपरिवार बाढी पहिरोबाट पीडित भएपछि उनीहरुको व्यवस्थापन र सुरक्षाको लागि आवश्यक पहल गर्न केन्द्र र प्रदेश सरकारसँग छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाले बताउनुभयो ।

बाढी पहिरो पीडित परिवारका लागि विभिन्न सहयोगका कार्यक्रम र जोखिमपूर्ण बस्तीलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न पहल भइरहेको गाउँपालिकाका प्रवक्ता बालकृष्ण राईले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया