जनार्दन शर्माले दशैँ भत्ता पूर्वजनमुक्ति सेनाका घाइतेको उपचारमा खर्च गर्ने

‘सांसदलाई दिने दशैँ भत्ताकाे रकमले भेन्टिलेटर किनाैँ’

 कात्तिक २, २०७७ आइतबार १४:८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले आफूले पाएको दशैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताउनुभएको छ ।

सङ्घीय संसद् सचिवालयबाट पाएको भत्ताले कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा खर्च गर्ने शर्माले ट्वीटरमार्फत जानकारी दिनुभएको छ । बोहरालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परेकाले रकम दिएको उहाँको भनाइ छ । 

शर्माले कोरोना महामारीको यस्तो सङ्कटमा सांसदलाई दिने दशैँ भत्ताको रकमले भेन्टिलेटर किन्न पनि आग्रह गर्नुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • DB Limbu

    Oct. 18, 2020, 7:48 p.m.

    यस पालीको दशै भत्ताले कसैलाई यो गरिदिन्छु त्यो गरिदिन्छु भन्नु भन्दा भत्ता लिनु गैरकानूनी र अनैतिक ठहरिएपछि र आम जनताले व्यापक घृणा व्यक्त गरिसकेपछि नलिनु उचित ।

  •  0 Reply

तपाईको प्रतिक्रिया