‘लुम्बिनी प्रदेशका सांसद, जनप्रतिनिधि कसैले पनि दशैँ भत्ता लिएका छैनन्’

 कात्तिक २, २०७७ आइतबार १९:२१:३१ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – लुम्बिनी प्रदेशमा चाडपर्व दशैँ (खर्च) खर्चको व्यवस्था गरिएको छैन । अहिले जनप्रतिनिधि र चाडपर्वको खर्चको चर्चा भइरहेको अवस्थामा लुम्बिनी प्रदेशका पालिकाका जनप्रतिनिधिलगायत मुख्यमन्त्री, मन्त्री, सभामुख, प्रदेश सभा सदस्य कसैले पनि अहिलेसम्म चाडपर्व खर्च लिएका छैनन् ।

‘यो साढे दुई वर्षकाे अवधिमा प्रदेश सरकारले बलियो जग हाल्न सफल भएको छ । यो अवधिमा आवधिक योजना निर्माण गर्दै त्यही आधारमा बजेट निर्माणको काम प्रारम्भ भएको छ’, मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गर्नुभएकाे विज्ञप्तिमा भनिएको छ, ‘यतिखेर जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा चर्चा हुन थालेको छ । लुम्बिनी प्रदेश सरकारले माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको छैन ।'

यहीअनुसार माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्यहरु र पालिकाका जनप्रतिनिधिहरुले अहिलेसम्म चाडपर्व खर्च (दशैँ खर्च) नलिएको विज्ञप्तिमा भनिएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया