‘सुक्खा हिउँद र सन्निकट सङ्कट’
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्न आठ मिटरभन्दा कम मात्रै बाँकी रहेको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले आज सूचना निकालेर अब मुख्य सुरुङ छिचोल्न सात मिटर ८० सेन्टिमिटर मात्रै बाँकी रहेको जानकारी गराएको हो ।
एक हजार ८९ मिटर लामो मुख्य सुरुङको उत्तरतर्फबाट चार सय ७७ मिटर २० सेन्टिमिटर र दक्षिणतर्फबाट ६ सय चार मिटर खन्ने काम सम्पन्न भएको सूचनामा उल्लेख छ । आपत्कालीन द्वारका रूपमा तीन वटा 'क्रस प्यासेज' निर्माण गरिएको छ । तीन वटै क्रस प्यासेजको छिचोल्ने काम भइसकेको छ । मुख्य सुरुङ पनि चाँडै छिचोल्ने तयारी रहेको आयोजनाले जनाएको छ ।
पाल्पाको सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ । सिद्धार्थ राजमार्गअन्तर्गत यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढेपछि विकल्पका रूपमा सुरुङ निर्माण शुरू भएको हो । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।
२०७८ सालको फागुनमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्मको समग्र प्रगति ३८ दशमलव ८५ प्रतिशत रहेको आयोजनाले जनाएको छ । चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कम्पनीले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।