एकैदिन टाटाका १११ वटा गाडी बिक्री

 कात्तिक ४, २०७७ मंगलबार १२:२२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११ वटा प्यासेन्जर भेइकल बिक्री गरेको छ ।

विश्वव्यापी महामारीको प्रतिकूल परिस्थितिमा पनि एकैदिन एक सय ११ वटा गाडी बिक्री गर्नुलाई सिप्रदीले महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छ । 

टाटा मोटर्सकाे नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोरलगायतका छन् । केही समयअघि मात्र सार्वजनिक गरिएको प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।

उत्कृष्ट बिक्री तथा बिक्री पश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखि टाटा मोटर्सका अत्याधुनिक तथा सुविधासम्पन्न गाडीको बिक्रीवितरण र बिक्री पश्चातका सेवाहरु उपलब्ध गराउँदै आएको सिप्रदीले दाबी गरेको छ ।

यस्तै यात्रुका लागि सुरक्षामा विशेष ध्यान पुर्याइएको टाटाका गाडीहरुले ग्लोबल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ प्राप्त गरिरहेका छन् । टाटाका गाडीहरु सुरक्षित र विश्वसनीय भएकाले ग्राहकहरुको रोजाइमा पर्न सफल भएको मानिन्छ ।  

टाटा मोटर्सका गाडी खरिद गर्न चाहने खरिदकर्ताहरुले आफूलाई पायक पर्ने टाटा मोटर्सका सोरुममा गएर गाडीको अवलोकन तथा टेष्ट ड्राइभ गरी खरिद गर्न सक्ने कम्पनीले जनाउको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया