कोरोना सङ्क्रमणपछि १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किए, सबैभन्दा धेरै यूएईबाट

 कात्तिक ११, २०७७ मंगलबार ८:४३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणपछि १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार १ लाख २२ हजार ५ सय ६३ नेपाली हवाइ उडान मार्फत् स्वदेश फर्किएका हुन् । कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेकाहरु स्वदेश फर्किएका हुन् ।

सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ । अहिलेसम्म ३२ देशबाट नेपाली फर्किएका छन् । स्वदेश फर्किनेमध्ये धेरै खाडीका देश पुगेकाहरु रहेका छन् ।

हिजो कतारबाट ३७४ जना, यूएईबाट १ सय ३४ जना, साउदीबाट १ सय ६३ जना स्वदेश आइपुगेका छन् । तथ्याङक अनुसार कोरोना महामारीपछि सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १७ जना देश फर्किएका छन् । त्यसपछि कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना आएका छन् ।

अन्तिम अपडेट: कात्तिक २५, २०७७

तपाईको प्रतिक्रिया