सप्तरीमा कारको ठक्करबाट वृद्धको ज्यान गयो

 कात्तिक १२, २०७७ बुधबार १२:३६:२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको  घटनास्थलमै ज्यान गएको छ ।

बा १८ च ७७३४ नम्बरको कारले ठक्कर दिँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाका ७५ वर्षका तिलक सुरेतको घटनास्थलमै ज्यान गएको  इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार कारले बाटो काट्न लागेका सुरेतलाई ठक्कर दिएको हो ।

ठक्कर दिएपछि भाग्न खाजेका कार चालकलाई प्रहरी चौकी मोहलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।

अन्तिम अपडेट: बैशाख १, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया