कैलालीमा एक युवकको कुटपिट गरी हत्या, तीन जना पक्राउ

 कात्तिक १४, २०७७ शुक्रबार ११:४१:५२ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीमा कुटपिट गरी युवकको हत्या भएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षका भरत तिमल्सिनाको गएराति हत्या भएको प्रहरीले जनाएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको नेपालगञ्जमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो ।

तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया