स्याङ्जामा एकैदिन एक सय एघार जना फरार प्रतिवादी पक्राउ

 कात्तिक २०, २०७७ बिहिबार ९:५२:११ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

एक वडा, दुई इलाका, १८ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयसहित सात वटा युनिटमार्फत् हिजो एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

कर्तव्य ज्यान, हातहतियार तथा खरखजना, जबरजस्ती करणी, अपराध, बहुविवाहलगायत विभिन्न कार्यमा संलग्न भएर फरार रहेका प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनीहरुलाई जिल्ला अदालतमा बुझाएको पनि उपरीक्षक बोगटीले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये ९७ जना पुरुष र १४ जना महिला रहेका छन् । उनीहरु फेदीखोला, पुतलीबजार, वालिङ नगरपालिका र आँधीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, हरिनास गाउँपालिका, कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिका आसपासका क्षेत्रबाट पक्राउ परेका हुन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया