ललितपुरको सुनाकोठीमा विरोध कार्यक्रम कायमै : सडक पिच नगर्दासम्म आन्दोलन नरोकिने

 कात्तिक २१, २०७७ शुक्रबार ८:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ठेकेदारले सडक कालोपत्रे गर्ने काम समयमै नगरेको भन्दै गएको आइतबारदेखि आन्दोलनमा उत्रिएका ललितपुर सुनाकोठीका बासिन्दाले आज पनि आफ्नो विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

दबाबपछि सुनाकोठी क्षेत्रमा ठेकेदारले सडकमा ग्राभेल झारे पनि अझै पिचको काम सुरु हुन्छ भनेर विश्वस्त हुन सक्ने वातावरण नभएको स्थानीय बासिन्दाको भनाइ छ । उनीहरुले आज पनि बिहान ७ बजेदेखि नै सडक बन्द गरेर विरोध गरिरहेका छन् । 

याे पनि पढ्नुहाेस् ।

 

ठेकेदारले आजदेखि ग्राभेल सम्याउने सहमति गरेकाले आज सम्याउने काम भएमा भोलिदेखि सडक बन्द बिहान १० बजेदेखि मात्र गर्ने नेवाजका अध्यक्ष निरोज महर्जनले बताउनु भयो । तर पिच नगर्दासम्म आन्दोलन भने केही खुकुलो गरेर निरन्तरता दिने उहाँले बताउनु भयो । 

स्थानीय बासिन्दाको दबाबपछि ठेकेदारले अस्ति बुधबार बेलुकी ग्राभेल झारेको थियो । ठेकेदारले सडक विस्तारका लागि भनेर भत्काइएको सडक नबनाएर अलपत्र छाडेपछि स्थानीय बासिन्दाले पटक-पटक आन्दोलन गर्दै आएका छन्। 

ढोलाहिटी-सुनाकोठी-चापागाउँ सडक विस्तारको जिम्मा शैलुङ कन्स्ट्रक्सन जेभीले पाएको छ । ठेक्का लागेको ६ वर्ष बितिसक्दासमेत सडक विस्तार सकेर कालोपत्रे हुन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया