सुनाकोठीमा ठेकेदारले ग्राभेलको काम थाले, पिच नहुँदासम्म आन्दोलन नरोकिने

 कात्तिक २०, २०७७ बिहिबार १०:५६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - स्थानीय बासिन्दाको दबाबपछि ललितपुरको सुनाकोठी क्षेत्रमा ठेकेदारले सडकमा ग्राभेलको काम थालेको छ ।

पिच नहुँदासम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको दबाबपछि ठेकेदारले हिजो बेलुकी ग्राभेल ल्याएर काम सुरु गरेको हो । तर पिच नगर्दासम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको भनाइ छ ।

ललितपुरका प्रदेशसभा सदस्य राजकाजी महर्जनले स्थानीय बासिन्दाको माग सम्बोधनका लागि सम्बन्धित निकायलाई झक्झकाउने काम गरिरहेको बताउनुभयो । ठेकेदारले हिजो ग्राभेल झारेर काम गरेजस्तो गरे पनि सडक पिच नै हुनुपर्ने र यसको लागि निरन्तर दबाब दिने काम भइरहेको उहाँको भनाइ छ । 

ललितपुर महानगरपालिकाको वडा नम्बर २७ मा पर्ने सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म गाडी चलाउन रोक लगाएका छन् । तर अत्यावश्यक सामग्रीका गाडीलाई भने चल्न दिइएको छ । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीय बासिन्दाको आरोप छ ।

सडक मर्मत गरी कालोपत्रे गर्न स्थानीय बासिन्दाले पटक-पटक आग्रह गरे पनि ठेकेदारले बेवास्ता गर्दै आएका छन् । ८ मिटर चौडा रहेको सडक २२ मिटर चौडा गर्न पनि ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता छ ।  यो सडक बनाउने जिम्मा शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

यो कम्पनीका प्रोप्राइटर शारदाप्रसाद अधिकारीको बेवास्ताका कारण सकस झेल्न बाध्य भएको स्थानीय बासिन्दाले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया