डाेजरकाे टायर पड्किँदा एक जनाकाे ज्यान गयाे

 कात्तिक २४, २०७७ सोमबार १९:३:५२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा डोजरको टायर पड्किँदा एक जनाको ज्यान गएको छ ।

कनकासुन्दरी गाउँपालिका २ मा रहेको उल्खेमा हावा भर्ने क्रममा टायर पड्किएपछि त्यही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार हावा भर्दै गर्दा टायर पड्किएपछि रावतको घटनास्थलमै ज्यान गएको हो । प्रहरीका अनुसार मृतकको सनाखत भइसकेको छ । शवलाई पोष्टमार्टमका लागि सदरमुकाम खलङ्गामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइँदै गरेको डीएसपी काफ्लेले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया