कास्कीको मादी गाँउपालिकामा ‘एक घर, एक पीसीआर’ परीक्षण

 कात्तिक २५, २०७७ मंगलबार १९:२४:३३ | सुमन गुरुङ
unn.prixa.net

कास्की – कास्कीको मादी गाउँपालिकाले ‘एक घर, एक पीसीआर’ परीक्षण गर्ने भएको छ । गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको भर्चुअल बैठकले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहको ठाउँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो । 

बैठकले कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिको समेत पीसीआर परीक्षण गर्ने पनि निर्णय गरेको छ । साथै कात्तिक २६ गतेदेखि मङ्सिर २ गतेसम्मका लागि सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा पूर्णरुपमा रोक लगाएको छ । नजिकिँदै गरेको तिहार तथा छठ पर्वमा सङ्क्रमण बढ्न सक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।

यस अवधिमा अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्ने गाडी, सरकारी गाडी र निजी सवारी आवागमनलाई सहजीकरण गरिने भएको छ । 

त्यस्तै कात्तिक २६ गतेदेखि लागू हुने गरेर मङ्सिर ५ गतेसम्मका लागि गाउँपालिकाका विभिन्न ठाउँ सिल गरिने भएको छ । ‘मिति २०७७ कात्तिक २६ गतेदेखि मङ्सिर ५ गतेसम्मका लागि कोरोना भाइरस सङ्क्रमणको दर अत्यधिक रहेका, सङ्क्रमणको उच्च जोखिम रहेका वडा नम्बर ९ को नयाँबजार, वडा नम्बर १० को थुम्सिकोट, वडा नम्बर ११ को भगवती बजार, वडा नम्बर १२ को घुम्लेबजार तथा वडा नम्बर १२ को भगवतीटार क्षेत्र सिल गरिने छ’, गाउँपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया