भारतको राजस्थानमा बन्दै गरेको भवन भत्किँदा ८ जना मजदुरका ज्यान गयो

 कात्तिक २६, २०७७ बुधबार १०:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी - भारतको राजस्थान, जोधपुरमा बन्दै गरेको भवन भत्किँदा ८ जना मजदुरको ज्यान गएको छ ।

केही मजदुर घाइते भएका छन् । भवनभित्र २० जना मजदुर च्यापिएका हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले उद्धारको काम चलिरहेको छ ।

राजस्थानका मुख्यमन्त्री अशोक गृहलोतले ज्यान गुमाउनेको परिवारलाई २/२ लाख र घाइतेको उपचारका लागि ४०/४० हजार दिने घोषणा गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया