कतार रोजगारी सिण्डिकेटबारे छानबिन गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

 कात्तिक २६, २०७७ बुधबार १२:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतार रोजगारीमा म्यानपावर कम्पनीहरुको सिण्डिकेटबारे छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले नेपालबाट कतारमा श्रमिक पठाउनका लागि केही म्यानपावर संस्थाहरु मात्र संगठित भई एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेपछि समितिले छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । 

कतार रोजगारीमा श्रमिक पठाउन विभिन्न १७ वटा म्यानपावरले एकाधिकार कायम गर्न खोजेको भन्दै  म्यानपावर व्यवसायीले समितिमा निवेदन दिएका थिए ।

समितिले १७ म्यानपावर संस्थाहरुलाई स्पष्टीकरण सोधी छानबिन तथा अनुसन्धान गर्न  श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

केही समय यता कतार रोजगारीमा श्रमिक पठाउन विभिन्न १७ वटा म्यानपावर कम्पनीहरुले एकाधिकार कायम गर्न खोजेको भन्दै म्यानपावर व्यवसायीहरुले आरोप लगाउँदै आएका छन् । नेपालमा रहेकाे कतारी दूतावास र कतार भिसा सेन्टरले मिलेमतोमा १७ वटा म्यानपावरको नाम छनोट गरी सिण्डिकेट कायम गर्न खोजेको भन्दै यसबारे तत्काल छानबिन हुनुपर्ने व्यवसायीहरुको माग छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया